मेरो प्रथम नाटक अनुभव!

Monday 5th April, 2021

नाटकघर थियो टेकु स्थित कथा-घेरा, सो ठाउँमा पुग्दा सम्म निशाले त्यो दिनको नाटक बारे मलाई बुझाउदै थिन्। त्यसदिन कथा-घेरामा प्यलेबयाक (Playback) सैलिको नाटक मन्चन हुदै थियो, जसमा श्रोता र कलाकार बिच अन्तरक्रिया गरि श्रोताका भोगाईलाई नाटकको रुपमा तत्काल प्रस्तुत गरिदो रैछ। सो दिन निशाकि मिल्लने साथीको मुमा पनि आफ्नो छोरीको नाटक प्रस्तुत हेर्न आउनु भएको थियो, हामी सबै संगै गएर टिकट लिएउँ। नाटकघरको माथि चिया खाने र मिलजुल गर्ने मझेउलो आकारको कौशी रैछ त्यही हामी एकछिन बसेउ र नाटक मञ्च भएको कोठा भित्र तिर लाग्एउँ।

फराकिलो अग्लो कोठा, काला भीत्ता, न्यानो महसुस हुने पहेलो बत्ती र केहि माथि उठेको काठको मञ्च थियो। त्यो कोठामा छिर्दा साथ नै म भित्र एक किसिमको डर र उत्सुकता सुरु भएको थियो। हामी भित्र पसेको केहिँ छिन्मै कलाकारहरु मञ्चमा आए अनि छेउमा बसेर Night Band को डाँडा-काँडा भाग १ गाउन सुरु गरे। साेही गितसंगै नाटकको सुरुवात भयो, त्यो दिन ‘बिश्वो नाटक दिवस’ भएकाले रङ्गमञ्चसंग जोडिएका घटना र पलको बारे छलफल गर्ने कार्यक्रम प्रस्तुताबाट जानकारी भयो।

रङ्गमञ्चसंग सम्बन्धित श्रोताहरुले आफुले काठमाडौँ आउदाको भोगाई, घर परिवारको भनाइ, रङ्गमञ्चको चिउरा-भुजिया खाजा, आफ्नु र आफ्ना भावना बिचको दोवन्दका अनुभवहरु सुनाउदै थिएँ, साथ-साथै कलाकारहरु ति भावनाहरुलाई नाटकको रुपमा प्रस्तुत गर्न थाले। तिनै रङ्गकर्मीका भोगाईमा म आफ्नो काठमाडौँ आउदाको आफ्नो भोगाई खोज्दै र भेट्दै थिएँ। मञ्चमा कलाकारहरुले तिनै भावनाहरुलाई नाटकमा रुपान्तरण गर्दा झन्झनै गहिराइमा तिनै बेलाका घटनाहरु मेरो मानसपटलमा आउन थाले, एकप्रकारको आनौठो बेचैनी आफूभित्र महसुस गर्न थाले।

धेरै अगाडी, लगनखेलबाट टेम्पुमा चढेर न्युरोड तिर जादाँ, एकजना सहयात्रीले आफ्नु फोनमा बोल्दै थिएँ ‘म सपनाको शहर काठमाडौँमा छु!’ त्यस पल पछि यो काठमाडौँ साचिनै सपनाको शहर रैछ भन्ने महशुस गरेको थियो, उस्तै अनेक सपना बोकेर अनेक मान्छे यो ठाउँमा आउदाँरैछन् भन्ने महशुस कलाकारका प्रस्तुति तथा श्रोताका कुराहरुबाट अनुभव गर्दै थिएँ। त्यहाँको बेदनाका कथाहरु सुन्दा लग्यो दु:ख सबैको हुन्छ, पिडा सबैको हुन्छ। छिनमै सबै भाबुक हुन्थिए त छिनमै हाँस्न थाल्थिए अनि प्रेरित भएर ताली पडकिन्थियो, Emotional Roller Coaster मा नै चढेको भान हुन्थियो। आफुले भोगेको कुरालाई अरुले भनिदिदाँ, आफुले भन्न नसेका कुराहरु अरु कसैले भनिदिदाँ र आफुले महसुस गरेका एक-एक कुराहरु जस्ताको त्यस्तै आफ्नै आँखा आगाडी देख्दा तद्पन र गह्रुँगो महशुस गरेको थिएँ। यसै बिचमा सो कार्यक्रमको अन्त्य तिर आइपुगेका रैछौ, पुनः

“डाँडा काँडा बन चहरी ! बोक्छौ किन मनमा भारी ? बिसाउन बिसाउन !!”‌‌‌‌‌‌‍‍‍‍‌‌‌

भन्दै सो दिनको कार्यक्रम सकियो र सबैलाई कौशीमा चिया खानको लागि लगियो। चिया खादै निसा बैनीसंग आफुले महशुस गरेका घुटन र गह्रुँगो भावनाहरु ब्यक्त गर्दै जादाँ ‘यो नाटकको सुन्दरता नै एस्तै हो दादा !’ भनिन अनि मैले पनि ‘नाटक चै बुझेछु है!’ भन्ने बिस्वस्थ भए। बेलुका आमासंग आफ्नु अनुभव भने अनि आर्को पाली आमालाई नाटक हेर्न लाने बाचा गरे।

मेरो यस अनुभवका लागि निशा बैनी प्रति आभारी छु साथै यहाँ सम्म पढीदिनु भएकोमा हजुरलाई नमन गर्दा छु 🙏🙏, सुझाब सल्लाका लागि मेरा सामजिक संजालमा सम्पर्क गर्नुहोला ! अर्को पाली फेरी भेटम्ला ! 👋

Blog Experience